उद्यमी जबर्जस्ती सिर्जना गर्न सकिँदैन, त्यसका लागि इकोसिस्टम चाहिन्छ : गर्भनर पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको विदेशी मुद्रा सञ्चिति सुरक्षित सम्पत्तिमा लगानी गरिएको र अमेरिकी ट्रेजरीको ब्याजदरमा हुने परिवर्तनले त्यसको प्रतिफलमा प्रत्यक्ष प्रभाव पार्ने बताएका छन्। अर्थसमितिको बैठकमा गभर्नरसँग आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति कार्यान्वयन प्रगति, बैंक तथा वित्तीय संस्थामा बढ्दो अधिक तरलता व्यवस्थापन, सरकारी स्वामित्वका बैंकहरूको कार्यसम्पादन तथा वित्तीय क्षेत्रका नीतिगत र कानुनी सुधारका विषयमा भएको छलफलमा बोल्दै उनले नेपाल राष्ट्र बैंकले हाल विदेशमा २२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको जानकारी दिए । ‘फरेन रिजर्भको पैसा विदेशमा लगानी गर्छौँ। अहिले हामीले २२ अर्ब रुपैयाँभन्दा बढी विदेशमा लगानी गरेका छौँ। त्यो मुख्यतः ट्रेजरीमा लगानी हुन्छ। अमेरिकी डलरमा करिब ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ भने बाँकी चिनियाँ, भारतीय लगायतका ट्रेजरीमा लगानी गरिएको छ ।
