‘मन्त्रीहरूले संसद्को रोष्ट्रमबाट धम्की दिएपनि बेथितिका विरुद्ध बोल्न छाड्दैनौँ’: ज्ञानेन्द्र शाही
काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही सरकारका राम्रा काममा समर्थन रहनेपनि जनविरोधी कामको सधैँ विरोध गर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीप्रति सुशासन र भ्रष्टाचारविरुद्ध कदम चाल्ने अपेक्षा अझै कायम रहेको बताए। उनले भने, ‘देशको प्रधानमन्त्री सुशासनको पक्षमा कडा कदम चाल्नुहुन्छ भन्ने भरोसा र आशा अझै जीवित छ।
