SHARE
Kalo Pati · शुक्रबार​ ५ असार २०८३ ०६:१७ AM · 1 मिनेट पढाइ

रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक शनिबार बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको अन्तिम बैठक भोलि (शनिबार) बस्ने भएको छ । चितवनमा बिहान ११ बजे बस्ने बैठकमा महाधिवेशन कार्यविधि, विधान मस्यौदा अनुमोदन गर्ने एजेन्डा रहेको महामन्त्री भूपदेव शाहले जानकारी दिए । बैठकमा सहभागी हुनका लागि नेताहरू चितवन जान क्रम जारी छ ।