SHARE
Samata Press · शुक्रबार​ ५ असार २०८३ १०:१८ AM · 1 मिनेट पढाइ

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार (आज) बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बिहान ८ बजे बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको जानकारी दिए ।