SHARE
Kalo Pati · बिहीबार ४ असार २०८३ १०:११ AM · 1 मिनेट पढाइ

झापाका चिया उद्योग पनि बन्द, समस्यामा ६० हजार श्रमिक

काठमाडौं । भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन् ।१ असारदेखि इलामका ५६ उद्योग बन्द भएकोमा आज (४ असार) देखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगानहरू पनि पूर्णरूपमा बन्द भएका छन् ।