SHARE
Kalo Pati · शुक्रबार​ ५ असार २०८३ ०४:२८ AM · 1 मिनेट पढाइ

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ई–राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सकिने सेवा सुरु गरेको छ। विभागले बिहीबार एक सूचना जारी गर्दै नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले विभागको सिटिजन पोर्टलमार्फत परीक्षणका रूपमा उक्त सेवा सञ्चालनमा ल्याइएको जनाएको छ।