कक्षा १२मा ६४.३१ प्रतिशत उत्तीर्ण, १ लाखभन्दा बढी विद्यार्थीमा ‘एनजी’
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज बिहान सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजा अनुसार यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
