पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो
रामेछाप। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि चोरी भएर अमेरिकासम्म पुगेका दोलखाका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मूर्ति स्वदेश फर्काउने अभियान सफल भएको छ । करिब चार वर्षसम्म निरन्तर कानुनी, कूटनीतिक र प्राविधिक प्रयासपछि ती बहुमूल्य सम्पदा अन्ततः असार ४ गते आफ्नै थलो दोलखा फर्किएका हुन्।
