अर्घाखाँचीमा तीन हजार ११८ हेक्टर जमिनमा सिँचाइ सुविधा
अर्घाखाँची, २३ साउन । जिल्लामा तीन हजार ११८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । जिल्लामा आठ हजार ५४४ हेक्टर सिँचाइ योग्य जमिन रहेकामा ३६ दशमलव ४९ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख भेषराज भुसालले जिल्लामा २१ हजार २४७ हेक्टर जमिनमा खेती गरिँदै आइएको जानकारी दिनुभयो । सोमध्ये आठ हजार ५४४ हेक्टर सिँचाइयोग्य जमिन रहेकामा तीन हजार ११८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको उहाँले बताउनुभयो ।
