SHARE
कालिका खबर · शुक्रबार​ २३ साउन २०८२ ०९:३० AM · 1 मिनेट पढाइ

गुडिरहेको बसबाट लडेर विद्यार्थीको मृत्यु

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्रि सडक खण्डमा स्कुल बसबाट खस्दा एक विद्यार्थीको ज्यान गएको छ।कायाकल्प एकेडेमीको ग१ख ९५६८ नम्बरको बस बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको अवस्थामा कक्षा ३ मा अध्ययनरत १३ वर्षीय फैजान शेख बसको ढोकामा उभिरहेको बेला खसेर घाइते भएका थिए। फैजान सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका छोरा हुन्। घटनापछि उनलाई तत्कालै संकटमोचन अस्पताल, बरहथवामा प्राथमिक उपचार गरी थप उपचारका लागि बिरगंजस्थित नेशनल मेडिकल कलेजमा पठाइएको थियो। तर, चिकित्सकले बेलुकी ७ बजे उनलाई मृत घोषणा गरेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोजकुमार राईले बताए ।