SHARE
कालिका खबर · शुक्रबार​ २३ साउन २०८२ ०९:३१ AM · 1 मिनेट पढाइ

आयाम इन्टरकन्टिनेन्टल विरुद्ध यातायात व्यवसायीको चार बुँदे माग सहित आन्दोलन घोषणा

काठमाडौं । दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रा.लि. र अन्य यातायात व्यवसायीहरूले फोर्स कम्पनीको गाडी खरिदका कारण आफूहरू गम्भीर आर्थिक तथा मानसिक संकटमा परेको बताउँदै आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. विरुद्ध तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव देवान राईले भने, “फोर्स कम्पनीको गाडी किनेसँगै हाम्रो दुःखको यात्रा सुरु भयो। गाडी किनेको एक महिनामै इन्जिन सिज भयो, पटक–पटक मर्मत गरिए पनि समस्या समाधान भएन।” उनका अनुसार, गाडी बारम्बार बिग्रिँदा बैंकको ऋण, ब्याज र यात्रु व्यवस्थापन खर्चको त्रिगुण मार बेहोर्नु परेको छ।