अवैध व्यापार नियन्त्रणमा सशस्त्र प्रहरी नं. १३ गणको प्रशंसनीय कार्य
पर्सा, साउन २३। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साले भारतबाट अबैध रूपमा ल्याइएका २,१०० वटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्लासहित एक जनालाई नियन्त्रणमा लिएर पुनः एक पटक आफ्नो सतर्कता र कार्यक्षमता प्रमाणित गरेको छ। जिल्ला पर्सा, धोविनी गाउँपालिका–१, घोडदौड पिपरा क्षेत्रमा गरिएको चेकजाँचमा BR 22 AG 6284 नम्बरको भारतीय मोटरसाइकलमार्फत २१ कार्टुनमा राखी ल्याइँदै गरेको चल्ला बरामद गरिएको हो। बरामद सामानको मूल्य रु. १,०५,००० र मोटरसाइकलको मूल्य रु. १,००,००० गरी जम्मा रु. २,०५,००० बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।
