SHARE
कालिका खबर · शुक्रबार​ २३ साउन २०८२ ०५:१८ PM · 1 मिनेट पढाइ

११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गर्ने आरोपी पक्राउ

पर्सा, साउन २१।  पर्साको ठोरी गाउँपालिका–२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साहलाई ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन २१ गते बिहान करिब १० बजे बाख्रा चराउने क्रममा बालिकालाई रु. १० नोट देखाई प्रलोभनमा पार्दै ठोरी गाउँपालिका–२ स्थित जंगलमा लैजाई जबरजस्ती करणी गरिएको पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धान सुरु गरिएको हो। घटनापछि तत्कालै प्रहरी टोली परिचालन गर्दै सोही दिन दिउँसो करिब ३ बजे आरोपी साहलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सा ल्याइएको हो।