SHARE
कालिका खबर · शुक्रबार​ २३ साउन २०८२ ०५:५७ PM · 1 मिनेट पढाइ

विभिन्न जनजातीय संघ–संस्थाको साझा अभियानमार्फत ऐक्यबद्धताको प्रतिबद्धता

काठमाडौं । ३१औं विश्व आदिवासी दिवसको अवसरमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदले काठमाडौंको मित्रनगरस्थित केन्द्रीय कार्यालयमा “चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम” भव्य रूपमा सम्पन्न गरेको छ। परिषदका अध्यक्ष धनमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न जनजातीय संघ–संस्थाका शीर्ष प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा आदिवासी जनजातिको अधिकार, पहिचान र परम्परागत ज्ञानको संरक्षणका विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पाले जल, जमिन र जंगलमा आदिवासी जनजातिका परम्परागत हकबाट वञ्चित गरिएको विषयमा चिन्ता व्यक्त गर्दै संविधानमा सुनिश्चित अधिकारहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको औंल्याए।