SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०४:०५ PM · 1 मिनेट पढाइ

विपद् जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन गृहमन्त्रीकाे निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद्को जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन सबै सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । आज सिंहदरबारमा मनसुन पूर्वतयारी र प्रतिकार्यका विषयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री गुरुङले बाढी, पहिरो, डुबान, सुक्खा क्षेत्रको सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक पूर्वतयारीमा रहन सबै सरोकार भएका निकायलाई निर्देशन दिए ।