बेलायती कलेजहरूको गुणस्तर जाँच्ने काउन्सिलले द ब्रिटिस कलेजलाई फेरि दियो मान्यता
काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी)अन्तर्गत सञ्चालित द ब्रिटिस कलेज (टिबिसी) ले ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बिएसी) बाट पुनः मान्यता प्राप्त गरेको छ । कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रूपमा मान्यता प्राप्त गरेको हो । कलेजले नेपालमै पहिलो तथा हालसम्मको एक मात्र शैक्षिक संस्थाका रूपमा उक्त अन्तर्राष्ट्रिय मान्यता कायम राख्न सफल भएको जनाएको छ ।
