निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म अनुसन्धान भइरहेको छः गृहमन्त्री गुरुङ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेर सूक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो जानकारी दिएका हुन् ।
