सरकारले सुकुम्वासी बस्ती हटाउँदा नेपाली सेनालाई परिचालन गरेको छैन: अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सुकुम्वासी बस्ती हटाउने क्रममा नेपाली सेनालाई कुनै पनि स्थानमा परिचालन नगरेको स्पष्ट पारेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
