SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ११:४० AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालका आधारहीन एवम् भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन

काठमाडौं । सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवम् भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै यस्ता विज्ञापन गरिएको भेटिएमा कारबाही गरिनेसमेत बोर्डले जनाएको छ । सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक तथा झुटो विज्ञापन उपर कारबाही प्रक्रिया अगाडि बढाउन सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिएका छन् ।