SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

संक्रमणकालीन न्यायसम्बन्धी काम टुंग्याउन सरकारले उच्च प्राथमिकतामा राखेको छ: कानूनमन्त्री

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्याउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएकी हुन् ।