SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । आज बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विशेष गरी मानवीय त्रुटि र लापरबाहीसहित ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढिरहेको बताए ।