अलपत्र आयोजनाहरूलाई छिटो सम्पन्न गर्नेगरी बजेट विनियोजन गरेको छः ऊर्जामन्त्री
काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले लामो समयदेखि अलपत्र परेका आयोजनाहरूलाई छिटो सम्पन्न गर्ने र यसैवर्ष पूरा हुने आयोजनामा बजेट विनियोजन गर्दा प्राथमिकता दिएको स्पष्ट पारेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा बताएका हुन् ।
