ऊर्जा मन्त्री श्रेष्ठद्वारा संसदमा जवाफ :’ सबै अपेक्षा एकै बजेटमा पूरा गर्न सकिँदैन’
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका छन् । उनले सांसदहरूबाट अझै सिर्जनशील सुझावहरू प्राप्त हुने अपेक्षा व्यक्त गर्दै ऊर्जा तथा जलस्रोतको विकास र सहज सिँचाइ सुविधामार्फत देशको आर्थिक, सामाजिक तथा शैक्षिक उन्नति हुनुपर्ने बताए ।
