SHARE
Kalo Pati · बिहीबार ४ असार २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

एभरेष्ट कलरको आईपीओ बाँडफाँट सम्पन्न, ६५ हजार ५७० आवेदकले पाए १० कित्ता शेयर

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो ।