प्रतिनिधिसभा नियमावली संविधानको मर्मविपरीत रहेको भन्दै सांसद मल्लको आपत्ति
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले प्रतिनिधिसभा नियमावली बहुमतको बलमा पारित गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मल्लले आफूहरू करिब तीन सातादेखि सदनमा निरन्तर संघर्ष र आन्दोलनमा रहेको तथा प्रतिपक्ष एकताबद्ध भएर उभिएको बताए ।
