SHARE
Kalo Pati · बिहीबार ४ असार २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

विदेशको पिआर लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सूचना अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको जनाएको हो ।