SHARE
Kalo Pati · बिहीबार ४ असार २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

थापाथली, बल्खु, टेकुमा बस्ती हटेपछि फेरियो उपत्यकाको मुहार (तस्बिरहरू)

काठमाडौं । सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउने काम काठमाडौं उपत्यका हकमा पूर्णता पाएको छ । यस क्रममा मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजु लगायतका क्षेत्रमा रहेका अव्यवस्थित बस्तीहरू हटाइसकिएको छ । बस्ती हटाइएका स्थानहरू अहिले पूर्ण रूपमा खुला र खाली देखिएका छन्।