सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
काठमाण्डौ । लगातार चार कारोबार दिन घटेको शेयर बजार आज केही सम्हालिएको छ । शेयर बजार परिसूचक नेप्से आज ०.०८ अङ्कले बढेर २ हजार ७०५ दशमलव ५३ विन्दुमा रहेको छ । आज विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेका छन् ।
