SHARE
मकालु खबर · शुक्रबार​ २३ साउन २०८२ ०१:४१ PM · 1 मिनेट पढाइ

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सर्लाही । सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शुक्रवार बलरा नगरपालिका–११ वडा कार्यालय नजिकै बिआर ३० के ४६९४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सोही स्थान बस्ने सहिब बैठाकी श्रीमती ५५ वर्षीया चन्दादेवी बैठाको उपचारको क्रममा मृत्यु भएको हो ।