SHARE
मकालु खबर · शुक्रबार​ २३ साउन २०८२ ०२:२५ PM · 1 मिनेट पढाइ

जङ्गली हात्तीले धानबालीमा क्षति पुर्‍यायो

कञ्चनपुर । बेदकोट नगरपालिका–१० चथरीमा जङ्गली हात्तीको बथानले आज स्थानीय आठ किसानको दुई बिघा खेतमा लगाइएको धानवालीमा क्षति पुर्‍याएको छ । वडाध्यक्ष रतन विष्टका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीले धानबालीमा क्षति पुर्‍याएका हुन् ।