SHARE
मकालु खबर · शुक्रबार​ २३ साउन २०८२ ०३:२१ PM · 1 मिनेट पढाइ

आदिवासी जनजातिको आत्मसम्मानका लागि कांग्रेस संवेदनशील छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिको आत्मसम्मानका लागि कांग्रेस संवेदनशील रहेको बताएका छन् । एकतीसौँ विश्व आदिवासी दिवसका अवसरमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आदिवासी जनजातिको आत्मसम्मानका लागि संविधानमै व्यवस्था गरिएको बताएका हुन् ।