किरात ऐतिहासिकस्थल ‘तुवाचुङ–जायजुम’ लाई हराभरा बनाउन वृक्षारोपण
खोटाङ । किरात समुदायको उद्गमस्थल मानिने खोटाङको ‘तुवाचुङ–जायजुम’को संरक्षण गर्दै वातावरणीय हिसाबले हराभरा बनाउन वृक्षारोपण गरिएको छ । परिवर्तन सङ्घ खोटाङले आज आयोजना गरेको वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालय खोटाङ र स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको विभिन्न प्रजातिका फलफूलका एक हजार १८० वटा बिरुवा रोपिएको हो ।
