SHARE
मकालु खबर · शुक्रबार​ २३ साउन २०८२ ०३:५३ PM · 1 मिनेट पढाइ

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । आज दिउँसोदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । करिडोरको बागलुङ नगरपालिका–१२ कालाखोलामा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी जानकारी दिए ।