SHARE
Kalo Pati · बुधबार ३ असार २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइएकाले धेरै नागरिक बेघर बनेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्रीसँग सम्बन्धित सिमाना विषयक अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनुपर्ने आफ्नो दलको माग यथावत रहेको बताए ।