इरानसँग हस्ताक्षर भइसकेको र छिट्टै विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध अन्त्यसम्बन्धी सहमतिमा हस्ताक्षर भइसकेको र त्यसका विस्तृत विवरण छिट्टै सार्वजनिक हुने बताउनुभएको छ । जी–सेभेन सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसँगको कुराकानी ट्रम्पले युद्ध अन्त्यसम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ भन्न पाउँदा आफूलाई एकदमै खुसी लागेको बताउनुभएको बीबीसीले जनाएको छ ।
