मन्त्रीहरुको अभिव्यक्तिप्रति सांसद यादवको आपत्ति, धम्कीपूर्ण भाषा प्रयोग भएकोमा आक्रोश
काठमाडौं । सांसद रेखा यादवले सरकारमाथि विभिन्न संवेदनशील विषयमा जानकारी लुकाउने र संसदप्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मानव अधिकारसम्बन्धी प्रतिवेदन लुकाइएजस्तै गृहमन्त्रीसँग सम्बन्धित प्रतिवेदन पनि सरकारले लुकाएको आरोप लगाइन् । सांसद यादवले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाइन्।
