SHARE
Kalo Pati · मङगलबार २ असार २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

‘बजेटले कर्णालीको समग्र सम्भावनालाई बेवास्ता गरेको छ’: सांसद रोकाय

काठमाडौं । नेपाली कांग्रेसका सांसद जयपति रोकायले सरकारले ल्याएको बजेटले हुम्ला र समग्र कर्णाली प्रदेशको सम्भावना तथा आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजेटमा हुम्लाको हिल्सामा पशु क्वारेन्टाइन स्थापना गर्ने व्यवस्था गरिएकोमा सरकारलाई धन्यवाद दिए।