निर्माणको अन्तिम चरणमा भब्य बन्दै गरेको नयाँ संसद् हल सम्पन्न हुने मिति अझै अनिश्चित (सात तस्बिर)
काठमाडौँ । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ। हलको अधिकांश संरचनागत काम सकिए पनि माइक तथा साउन्ड प्रणाली जडानको काम अझै बाँकी रहेको निर्माण पक्षले जनाएको छ। यद्यपि, निर्माण कार्य कहिलेसम्म सम्पन्न हुने भन्ने निश्चित मिति भने तय भएको छैन।
