SHARE
कालिका खबर · बिहीबार २२ साउन २०८२ ०७:४२ AM · 1 मिनेट पढाइ

एउटै पालिकाका दुई हजार ४३८ घर बाढी पहिरोको जोखिममा

ढोरपाटन : बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढी पहिरोको जोखिममा परेका छन् । भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन् । सात वटा वडा रहेको निसीखोलामा सबैभन्दा बढी वडा नं १ बाढी पहिरोको जोखिममा परेको छ । यस वडामा मात्रै नौ सय २० घर पहिरोको जोखिममा परेका छन् भने हुल्दी, लेबाङ किटेनी, स्वाँरालगायत बस्ती पहिरोको जोखिममा परेका गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । वि.सं २०७४ यता गाउँमा धेरै पहिरो जाने गरेको स्थानीय बताउँछन् ।