ठूलै क्रान्ति नभएसम्म ‘कांग्रेस-एमाले’ को दिमाग खुल्दैन: दाहाल
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा विद्यमान यथास्थिति तोड्न अब सडकबाटै अर्को शक्तिशाली क्रान्तिको आवश्यकता रहेको बताएका छन्। पुराना दल र शक्तिहरूको मानसिकता जनदबाबबिना परिवर्तन नहुने संकेत गर्दै उनले शिक्षाजस्ता महत्त्वपूर्ण क्षेत्रमा सुधारका प्रयासहरूमाथि नियोजित हमला भइरहेको आरोप लगाए। बिहीबार राजधानीमा अखिल (क्रान्तिकारी) द्वारा आयोजित ‘शैक्षिक संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुराना शक्तिहरूले सुधारका एजेन्डा रोक्न थालेपछि आफूलाई फेरि आन्दोलनको नेतृत्व गर्नुपर्ने महसुस भएको बताए।
