SHARE
कालिका खबर · बिहीबार २२ साउन २०८२ ०३:१३ PM · 1 मिनेट पढाइ

भन्सार छलि ल्याइएको १ लाख ३३ हजार बराबरको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लियो

पर्सा, साउन २२। भारतबाट अवैध रूपमा भन्सार छलि गरी नेपाल भित्र्याउन लागिएको करिब रु. १,३३,४४०।– बराबरको किराना तथा कपडाका सामग्रीहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित आई.सी.पी. चोक नजिकबाट लुकाइछिपाई ल्याइँदै गरेको उक्त सामग्री फेला पारी नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, ती सामग्रीहरू भन्सार प्रक्रिया विना नेपाल भित्र्याउन खोजिएको पुष्टि भएको छ। बरामद गरिएका सामग्रीहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिनुभयो।