जेन–जी शहीद स्मारक पार्क निर्माण अलपत्र (सात तस्बिर)
काठमाडौं । भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ शहीदमध्ये ४२ जनाको शालिकसहित निर्माण गर्न लागिएको जेन–जी शहीद स्मारकको काम अलपत्र परेको छ। अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण थालिएको उक्त स्मारकको काम केही समयअघि सुरु भए पनि हाल निर्माण कार्य ठप्प अवस्थामा पुगेको छ।
