इरानसँग शान्ति सम्झौतालगत्तै होर्मुज जलडमरू खुल्ने ट्रम्पको दावी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गरेका छन् । ‘सम्झौता भोलि(आइतबार) हस्ताक्षर हुने तालिका छ । र हस्ताक्षर भएको तुरुन्तै होर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ,’ ट्रम्पले सामाजिक संजालमा भनेका छन् । ट्रम्पले इरानमा अब आणविक हतियार चाहँदैन भनेर पनि दाबी गरे ।
