SHARE
मकालु खबर · बिहीबार २२ साउन २०८२ ०१:४३ PM · 1 मिनेट पढाइ

पोखरा क्षेत्रका तालको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारी

गण्डकी । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउण्डेशन (लक्ष्मी ग्रुप) बीच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर क्षेष्ठले एक समारोहका बीच आज समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।