सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा ६०० भन्दा बढी तीर्थयात्रीले सेवा लिए
बाजुरा । बडीमालिकाको दर्शनका लागि गएका भक्तजनलाई लक्षित गरी नेपाली सेनाको ईश्वरी बक्स गुल्म बाजुराले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य उपचार सेवामा ६०० भन्दा बढीले सेवा लिएका छन् । यही साउन २३ गते चतुर्दशीका दिन लाग्ने पूजाका लागि आएका भक्तजनहरूलाई निःशुल्क सेवा प्रदान गर्न सुरु गरिएको ईश्वरी बक्स गुल्म बाजुराका गुल्मपति सेनानी कृष्ण तिमिल्सेनाले बताए ।
