SHARE
मकालु खबर · बिहीबार २२ साउन २०८२ ०३:३९ PM · 1 मिनेट पढाइ

‘हिरोसिमा र नागासाकी घटना मानव सभ्यताकै कलङ्क’

काठमाडौं । जापानको हिरोसिमा र नागासाकीमा ८० वर्षअघि भएको त्रासदीपूर्ण घटनाको स्मरण गर्दै त्यस घटनामा मृत्युवरण गरेकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल अफ्रो–एशियाली जनएकता सङ्गठनले आज आयोजना गरेको ‘आणविक हतियारको विश्वव्यापी त्रासः विश्वशान्तिका लागि चुनौती’ विषय कार्यक्रमका सहभागी वक्ताले त्यस घटनालाई मानव सभ्यताकै कलङ्कका रुपमा हेरिएको धारणा राखे ।