अफगानिस्तानमा चरम गरिबीका कारण बालबालिका विद्यालय छाडेर श्रम गर्न बाध्य
एजेन्सी । जुन १२ मा विश्व बालश्रम विरुद्धको दिवस मनाइरहँदा अफगानिस्तानमा भने लाखौँ बालबालिकाहरू चरम गरिबीका कारण विद्यालय छोडेर श्रम बजारमा होमिन बाध्य भएका छन् । देशव्यापी रूपमा व्याप्त आर्थिक संकटले परिवारहरू विस्थापित भएसँगै बालबालिकाहरू इँटाभट्टा, बजार, निर्माण क्षेत्र र विभिन्न कार्यशालाहरूमा कठिन श्रम गरिरहेका छन् ।
