SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ ०२:५८ AM · 1 मिनेट पढाइ

सिमकोट पूर्ण खोप सुनिश्चित गाउँपालिका

हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्रका ० देखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।