SHARE
Kalo Pati · शुक्रबार​ २९ जेठ २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

बजेट दस्तावेज अध्ययन गरेर मात्रै टिप्पणी गर्न सांसदलाई अर्थमन्त्रीको आग्रह 

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विनियोजन विधेयकबारे विस्तृत अध्ययन गरेर छलफल गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले कतिपय सांसदहरूले विनियोजन विधेयकको ‘पातलो पुस्तिका’ प्राप्त नगरेको जस्तो देखिएको उल्लेख गरे ।