राष्ट्रियसभाः प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रष्ट पार्न सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्तले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते प्रतिनिधिसभामा दिएका अभिव्यक्तिका विषयमा प्रष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा समय माग गर्दै उनले राष्ट्रियसभा विशेष प्रकृतिको भएकाले अनिर्णयको बन्दी बनाएर राख्न नहुने उल्लेख गर्दै सीमासम्बन्धी विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।
